देउराली । कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढिरहदाँ यतीबेला ग्रमिण क्षेत्रबाट सहर बजारमा आएर व्यावसाय, रोजगार तथा अध्यायन गरीरहेका ग्रामिण क्षेत्र नै फर्कन थालेका छन् ।
भानुचाैकस्थित पहाडी क्षेत्रका लागी छुट्ने बसपार्कमा यतीबेला अन्य बेलाको भन्दा भिड बडेको छ । विशेष गरी दशै तिहारका बेला तराई र काठमाडौबाट घर फर्कन पूर्वी पहाडी जिल्ला जानेहरुको मात्र भिड हुने यो बसपार्कमा चैत लागेसँगै हवात्तै बढेको छ ।
यातायत मजदुरहरु भन्छन्, 'चैत लागेसंगै पहाड जानेहरुको भिड लागेको छ ।' समय अगाबै विद्यालयहरु छुट्टी हुनु, एसईई स्थगीत हुनु, र अन्य सरकारी कार्यलयहरु पनि भाेलीदेखि बन्द हुने भए पछि घर फर्कनेहरु बढेको यातायात मजदुर बाबुहाङ कुलुङले बताए । कोरोना संक्रमणबाट शहर भन्दा पनि गाउँ बढि सुरक्षित हुने भएकाले पनि गाऊँबाट बजार क्षेत्र अाएर भाडामा बस्नेहरु गाऊँ फर्केका छन् ।

तर पहाडबाट तराइका लागी भने यात्रु नपाइने गरेकाे अर्का यातायात मजदुरले जनाए । पहाडी जिल्लाबाट धरान आउने माइक्रोहरु भने यात्रु नपाएर आउन छोडेका छन ।
त्यस्तै, कोरोना प्रभाव कै कारण धरानबाट पूर्व जाने यात्रु नपाए पछि ५० प्रतिसत बसहरू चल्न छोडिसकेको यातायत मजदुर विशाल मोक्तानले बताए ।
धरानबाट अरुबेला औसत रुपमा १ सय २० देखि १ सय २५ वटा बस पूर्वका लागी चल्ने गरेको भए पनि हाल ५० देखी ६० को हाराहारीमा मात्र चल्दै आएको लोकनाथ भट्टराईले बताए । 'किस्ता बाहेका बसहरु थन्किसके, किस्ता तिर्नु पर्ने बसहरुमात्र चलिरहेका छन् । त्यसमा पनि यात्रु नपाएर खाली जस्तै हिड्नुपर्ने भएको छ ।’ -उनले भने ।
धरान विराटनगरबाट जाने यातायतहरुमा भने छोटो दुरी भएको कारण करीब ३० प्रतिसतमा यात्रु घटेको यातायत मजदुरले बताएका छन् ।