धरान । कोरोना संक्रमणबाट बच्नका लागि महावीर पुनले तयार पारेको आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) को नमूना स्वीकृत भएको छ ।

कोरानाको जोखिमबाट सुरक्षित गर्नका लागि चिकित्सकहरूलाई लगाउनका लागि पुनको संस्थाले पीपीइ तयार गर्ने जिम्मा पाएको थियो । नमूना स्वीकृत भएसँगै आजैबाट सिलाउन शुरु गरिएको छ । पुनको आविष्कार केन्द्रले निर्माणको जिम्मा पाएको थियो । विश्व स्वास्थ्य संगठनले संक्रमितहरूको उपचार गर्नका लागि पीपीइको आवश्यकता हुने भनिए पनि नेपालमा यसको व्यवस्था रहेको थियो । जसका कारण चिकित्सकहरूलाई पनि संक्रमण सर्ने डर रहेको थियो ।

केन्द्रले ४ सय पीपीइ बनाउने जिम्मेवारी पाएको छ । संक्रमितको उपचार गर्दा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र आइसोलेसन वार्डमा रहने सबैले अनिवार्य पीपीई लगाउनु पर्ने हुन्छ । टाउँकोदेखि खुट्टासम्मको भागमा अनिवार्य ढाकिनु पर्ने मान्यता छ । केन्द्रका संयोजकसमेत रहेका पुनलाई शिक्षण अस्पताल काठमाडौं र धरानको बीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पीपीइ निर्माणका लागि प्रस्ताव गरेको थियो । पीपीइको जाँच प्रा.डा. भगवान कोइरालाको टोलीले जाँच गरेको थियो । उनी मेडिकल काउन्सिलका अध्यक्ष हुन् ।