उर्लाबारी / भारतसँग खुल्ला सिमना जोडिएको दक्षिणी मोरङको रतुवामाई नगरपालीकाले कोभिड–१९ को रोकथाम, उपचार र प्रतिरक्षाका लागि सवै जनप्रतिनिधीहरुले एक महिनाको सेवा सुविधा नगरको विपद कोषमा जम्मा गर्ने निर्णय गरेका छन । सो नगरका जनप्रनिनिधीहरुको एक महिनाको सेवा सुविधा वापत कोषमा ६ लाख ६३ हजार जम्मा गर्दै सहयोगका लागि सवै सग अपिलसमेत गरेको छ ।
ै नगर प्रमुख रविन राईले विदेशबाट नेपाल आएकाहरुलाई १४ दिनसम्म राख्न सरस्वती मावि र झुर्किया माविमा क्यारेनटाइन बनाइएकोसमेत जानकारी दिए ।