लक्ष्मीमार्ग / विगत लामो समयदेखि सहाराविहिन भएका बेलबारी ११ लक्ष्मीमार्गका दुईजना वृद्धलाई बेलवारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा स्थानीयवासीले उद्वार गरेका छन् ।

बेलवारीका बिभिन्न सडक तथा फलैचाहरुमा मागेर खाँदै दिनरात बिताईरहेका बेसहारा बनेका लक्ष्मीमार्गका ८१ वर्षीय गोले तामाङलाई तीन दिन अघि उद्वार गरेर विराटनगरमा रहेको मानवसेवा आश्रममा लगिएका थियो । हिजो पुन लक्ष्मीमार्गकै ८० वर्र्षीय लेखिया धिमाललाई स्थानीयवासीको सहयोगमा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा उद्वार गरि आश्रममा लगिएको छ ।

आफ्नो जग्गा जमिन केही नभएका वृद्ध तामाङ र धिमाल शारिरिक हिसावमा पनि कमजोर छन् । देशमा कोरोनाको त्रास फैलिएसँगै हेरचाह गर्ने कोही नहुदा उनलाई उद्वार गरेर मानव आश्रम लैजानु परको उपप्रमुख पराजुली बताउछिन् ।