धरान /बिहीबार बिहान धरान–१५ स्थित लक्ष्मी टोलमा तोकिएको मूल्य भन्दा बढि असुल गर्ने तरकारी व्यापारी र स्थानीयविच झण्डेझडप नै भयो । गाडीमा ल्याएको तरकारी तोकिएको मूल्य भन्दा बढिमा विक्रि गरिएको विषय बाहिर आए पनि उपमहानगरले तथा सम्बन्धित वडा अध्यक्षले खासै चासो देखाएनन् । बढि मुल्यमा विक्रिगर्ने व्यापारीलाई उपमहानगरपालिकाले कुनै एक्सन लिएन ।

विहानको विषयमा कुनैप्रतिक्रिया नआए पछि दिउसो तिर धरान–१५ र ८ को विच राजमार्ग क्षेत्रमा तरकारी बेच्ने गाडीले पनि तोकिएको भन्दा बढि रकम असुलिरहेको थियो । प्लाष्टिकको झोलामा लगाएको तरकारी आधाउदी कुहिएकोमात्र हुने गरेको समेत स्थानीयले गुनासो गदैंआएका छन् । धरान १५ मा दिलु कटवालले अदुवा लिन खोज्दा रु १६० भनेपछि अनि गाडीको अगाडीको ढोकामा टासेको मूल्यसूचीमा रु १४० मात्रै लेखेको छ भनेर प्रश्न गर्दा गाडि लिएर तरकारी बिक्री गर्न आएकाहरूले गाडीको पछाडी त टासेको छैन नि त भन्ने जवाफ दिएका थिए ।

यता राजमार्गमा विक्रि गदैं गरेका व्यापारीले भने मोटरकोसा प्रति केजी नगरपालिकाले ६० तोकेको छ,हामी ४० रुपैया मै दिइरहेका छौं भन्दै कुहिएको मोटरकोसा धमाधम विक्रि गदैं थिए । जवकी विहीबार उपमहानगरपालिकाले मोटरकोसाको भाउ प्रतिकेजी ३५ रुपैया मात्र तोकेको थियो । बढि भाउमा कुहिएको तरकारी बेचेर उपभोक्ताहरुलाई ठगी गरिरहेको स्थानीयले बताएका छन् । ‘गुणस्तरिय सामान आए उपभोक्ताले बढि मूल्य तिरे भए पनि किन्छन् । नगरपालिकाको उपभोक्तालाई सूविधा दिएको बहानामा कुहिएको तरकारी बजारमा विक्रि गरि ठगी धन्दा उचित भएन ।'-एक स्थानीयले भने ।

उपमहानगरपालिकाले यसको जिम्मेवारी वडा अध्यक्षलाई दिएको छ । बजारमा तरकारी  कसरी विक्रि भइरहेको छ भन्ने विषयमा अनुगमन भएको छैन् । व्यापारीहरु विना माक्स तरकारी बेच्ने र किन्न आउनेहरुको समेत भीडभाड पनि कतिपय स्थानमा हुने गरेको छ । धरान उपमहानगरपालिका भने तरकारी व्यवस्थित गरेर घरघरमा पु¥याएको बताउदैं आएको छ । उपमहानगरले भने जस्तो व्यवस्थित हुन सकेको छेन् । उपमहानगरपालिकाले तरकारी विक्रि वितरण उपसमिति बनाएर वडाअध्यक्ष जिम्मेवार हुने गरि घरघरमा तरकारी पु¥याउने व्यवस्थापन गरिएको थियो । तर अनुगमनको अभावमा व्यावसायीहरुले मनोमानी गरिरहेको स्थानीयले बताएका छन् ।

शुक्रबारकाे तरकारीकाे भाउ यस्ताे छ ।

tarkari 21