ब्लाष्टखबर । सुनसरी एम्बुलेन्स चालक संघ एकाई कमिटी धरानले ४५० जनालाई खाना वितरण गरेकाे छ ।

समितिकाे धरान भित्र संञ्चालन हुने ४५ एम्बुलेन्स चालकहरूले भानुचाेकमा अलपत्र अवस्थामा रहेका, सडक मानव तथा बालबालीकाकाहरूलाई खाना वितरणा गरेका छन् । साथै एम्बुलेन्स चालकहरूले हाेटलहरू बन्द रहदाँ खाना पाउन समस्या भाेगीरहेका विरामी कुरूवाका स्वास्थ्यकर्मीहरु लगायतलाई  वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानकाे मुल गेट अगाडी खाना  वितरण गरेका छन् ।

खाना विरतरण गर्ने क्रममा सामाजिक दुरी कायम गरिनुका साथै, काेराेना संक्रमण हुन नदिन अवश्क सर्तकता अपनाइएकाे थियाे । खाना विरतरणमा कार्यक्रममा विभिन्न किसिमको विरामी बोक्ने क्रममा काेराेना संक्रमणकाे जाेखीम सबैभन्दा बढी एम्बुलेन्स चालक हुने गरेको भएपनि आफुहरुसँग कुनै पनि प्रकारका सुरक्षाका सामान नभएको एम्बुलेन्स चालकले बताए ।

प्रतिष्ठानमा प्रत्येक दिन २ वटा एम्बुलेन्स कोरोना संक्रमित विरामीका लागि स्टेनवाई हुने गरेको जानकारी गराउदै संक्रमितसंग हेलमेल हुने एम्बुलेन्स चालकहरुसंग पनि पीपीई नएकोले जोखिमका परिरहेको उनिहरूले गुनासाे गरेका छन् ।

उनिहरूले एम्बुलेस चालकाे शुरक्षा आफु मात्र जोखिमाबाट बच्नकालागी नभइ अन्य  विरामीहरूलाई पनि जाेखीम मक्त गर्न अवश्क भएकाे भन्दै  सम्बन्धित निकायले पीपीईको व्यवस्था गरिदिनु पर्ने समेत माग समेत राखेका छन् ।