धरान  / राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गरे लगतै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यादेशका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ अध्यादेश र कोरोना रोकथामका लागि भईरहेको प्रयासका बारेमा सचिवालयमा जानकारी गराएको बताइएको छ ।

यता प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा ठोस कुनै निर्णय नभएको प्रतिक्रिया दिएका छन् । अध्यादेश नै जारी भइसकेकाले  यस विषायमा भने केही निर्णय नभएको उनले बताएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डूको संयुक्त अध्यक्षतामा बसेको बैठकमा अध्यादेशहरू जारी गर्न निर्णयबारेको विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा विषयमा कुरा उठेको थियो ।

बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।