काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले विवादीत दुई अध्यादेश फिर्ता लिएको छ । आज नैबसेको बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्स‍म्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।निकै हतारमा जार िगरिएकोविधेयक ४ दिन पछि फिर्ता भएको छ । अव सरकारको सिफारिसमा राष्ट्रपतिले खारेज गर्नेछिन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ । यसको चौतर्फी विरोध भएको थियो । सत्तारुढ दलकाकेहीनेताले प्रधानमनत्री ओलीलाईपार्टी फुटाउन यस्तो अध्यादेशल्याएको भनेर आरोपसमेत लागेको थियो ।
ओलीले अरुको पार्टी फुटाउन भनेर जवाफदिए पनि समाजवादी पार्टी र राजपा एक भएर समाजवादी जनता पार्टी भई एकताको सन्देश दिएका थिए ।