काठमाडौं  /  नेकपाको कन्द्रीय सचिवालयको बैठक बालुवाटारमा शुरू भएको छ । केही दिनदेखि नेकपामा भएको विवादको विषयमा घनिभूत छलफल हुदैंछ । प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पद दुवै छाड्न दवाव परेको छ ।
दवाव भए पछि बुधाबर दिउँसो बालुवाटारमा आफ्नो समूहका केन्द्रीय सदस्य र संघीय सांसदलाई बोलाएर छलफल गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान लिएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्न दबाब दिएपछि ओलीले आफ्नो पक्षमा बहुमत जुटाउने अभियान शुरु गरेको बताइएको छ ।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा नेता हरिबोल गजुरेलले ओलीविरुद्ध हस्ताक्षर अभियान गरेका थपए । उक्त हस्ताक्षर अभियानमा नेपाल समूहले पनि समर्थन जनाएपछि आफु निकटका सांसदबोलाएर छलफल गरेको बताइएको छ ।