मोरङ । उदयपुरकाे बेलका नगरपालिका -८ बस्ने २२ बर्षीय दिपक बस्नेतको लडेर मृत्यु भएको छ । आज (शुक्रबार) बिहान मोरङ उर्लाबारी नगरपालिका -७ स्थतिमा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाई निर्माण गर्ने क्रममा लडी घाईते भएका बस्नेतको उपचारका क्रममा गोदाबारी अस्पताल उर्लाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
बेलकाका एक युवाकाे उर्लाबारीमा लडेर मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































