ब्लाष्टखबर । काेराेना भाइरसकाे महामरी राेकथाम तथा नियन्त्रणका लागी नेपाल सरकारले गरेकाे देशव्यापी लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।
साेमबार रातिबाट पछिल्लाेपटक गरीएकाे लकडाउनकाे समयअवधि सकिन लाग्दा प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ५ बजे बस्दै छ । बैठकमा कोरोना भाइरसको पछिल्लो अवस्था र लकडाउन थप्ने वा नथप्ने भन्ने निर्णय हुने छ ।
त्यसअघि आजै सिंहदरबारमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ । समितिको बैठकले लकडाउनका बारेमा सरकारलाई सिफारिस गरेसँगै मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।
लगातार काेराेना संक्रमितका घटनाहरू देखिइ रहकाे र हिजै मात्र कोरोना भाइरसका कारण एक जनाको मृत्युसमेत भइसकेकोले लकडाउनकाे समय अवधिमा थप हुन सक्ने सम्भावना छ । केही दिन अघि बसेको स्वास्थ्य विज्ञसहितको छलफलका क्रममा नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले लकडाउनलाई थप्न नै उचित हुने सुझाएका थिए ।