Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • बिचार
  • विशाखापटनम औद्योगिक दुर्घटनाले सिकाएको पाठ

विशाखापटनम औद्योगिक दुर्घटनाले सिकाएको पाठ

alt
  • जेठ ४, २०७७
  • कृष्ण अधिकारी
 
औद्योगिकीकरणको विस्तारसँगै यसको सुरक्षामा ध्यान नदिँदा हुनसक्ने दुर्घटनाले जनधनको क्षति तथा वातावरणीय र जनस्वास्थ्यमा पार्ने असरको मूल्य निकै महंगो पर्न जाने गर्दछ । यसको पछिल्लो उदाहरण भारतको आन्ध्र प्रदेश राज्यस्थित भाइजाग, विशाखापटनममा एल.जी. पोलीमर्स उद्योगबाट स्टाइरिन ग्यास चुहिँदा भएको दुर्घटनालाई लिन सकिन्छ । यस घटनालाई विश्वका धेरै सञ्चार माध्यमहरुले पनि प्रमुखताका साथ प्रकाशन र प्रशारण गरेका थिए । यही मे ७ तारिखको बिहान करीब २.३० बजे भएको सो घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने एक हजार जनालाई अस्पताल भर्ना गरिएका थियो ।
 
बेहोस अवस्थामा अस्पतालमा भर्ना गरिएका तीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक यो उद्योग खोलिएका बेला दुर्घटना भएको थियो । उद्योगबाट निस्केको ग्यासको मुस्लो तीन किलोमिटर वरिपरिसम्म फैलिएको थियो ।
 
मानिसहरुलाई आँखा पोलेको र सास फेर्न गाह्रो भएको थियो भनी केहीको निस्सासिएर मृत्यु भएको थियो । दुर्घटनामा परी थुपै्र घरपालुवा जनावरहरु गाई, भैंसी, कुकुर, बिरालो, चरा, सर्पहरु मरेका थिए भने विषाक्त ग्यासबाट अन्नबाली तथा वातावरण, हावा, खानेपानीको स्रोतमा पनि नकारात्मक असर पु¥याएको छ । यस पोलिमर फ्याक्ट्रीबाट चुहिएको स्टाइरिन ग्यास पोलिस्टिरिन प्लास्टिक र रेजिन बनाउन प्रयोग गरिन्छ । स्टाइरिन ग्यास रङ्गविहीन अथवा धेरै दिन राख्दा हल्का पहेँलो हुन्छ ।
 
यो १७ डिग्री सेल्सियसमा उम्लिन सक्ने अति प्रज्ज्वलनशील हुन्छ । यी तत्वबाट खानेकुरा राख्ने भाँडाहरू, सामान पोको पार्न आवश्यक प्लाष्टिक, कृत्रिम मार्बल, भूईँमा ओच्छ्याउने बस्तु, फर्निचर लगायत बनाउन सकिन्छ । यो ग्यास सामान्यतः रेफ्रिजरेटरमा राख्ने गरिन्छ । स्टाइरिनयुक्त हावामा श्वासप्रश्वास गर्दा नाक र घाँटीमा खसखस हुने, खोकी लाग्ने, दम आउने र फोक्सोमा पानी जम्न सक्ने विशाखापटनमस्थित होमिभावा क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक निर्देशक डा रघुनाधा राव बताउनुहुन्छ ।
 
स्टाइरिनको मात्रा बढी भयो भने स्टाइरिन बिमार हुन सक्छ । यसले टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता आउने, कमजोरी महसुस हुने, थकाइ लाग्ने, अचेत जस्तो हुने हुन्छ । केहीलाई मुटुको चालमा अनियमितता हुन सक्छ र बेहोस पनि हुन सक्छ । केही अध्ययनले स्टाइरिन र रक्त क्यान्सरबीच सम्बन्ध हुनसक्ने देखाएको उहाँको भनाइ छ । विश्व स्वास्थ्य संगठन र क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था (आइएआरसी) को अनुसार स्टाइरिन ग्यास मानवको लागि सम्भाव्य क्यान्सर लगाउन सक्ने रसायनको रुपमा पहिचान भैसकेको रसायन हो ।
 
घटनाको लगत्तै कोरियामा यसबारेमा पत्रकार सम्मेलन गरी आगामी दिनमा यसखालका दुर्घटना हुन नदिन उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिइएको त्यहाँको केबिसी टेलिभिजनले समाचार प्रशारण गरेको थियो । यस्तै कार्यस्थलको सुरक्षा, सरसफाइ र कामदारहरुको अधिकारका क्षेत्रमा कार्यरत व्यावसायिकजन्य स्वास्थ्य र वातावरण प्रभावित संस्थाहरुको एशिया सन्जालले आयोजना गरेको वेभनर पत्रकार सम्मेलनमा कोरियाका सियोल विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका प्रा डोम योङ पिकले यस किसिमका औद्योगिक दुर्घटनाहरु हुन नदिन सरकारहरुले विशेष कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
 
सञ्जालका संयोजक तथा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले यस उद्योगमा भएकोे दुःखद् घटनाबाट अन्य उद्योगहरुमा पनि बन्दाबन्दीको दौरान वा खुलेपछि उद्योगहरु सञ्चालनमा ल्याउनु अगाबै सबै सम्बन्धित पक्ष र सरकारले पूर्ण साबधानीहरु र सबैखाले व्यावसायजन्य सुरक्षा र स्वास्थ्य एवं व्यक्तिगत सुरक्षा कवचहरुको व्यवस्था मिलाउन जरुरी रहेको बताउनुभयो । एल.जी. पोलीमर रासायनिक उद्योगबाट ग्यास चुहावट हुँदा कुनै सूचना वा साइरन बजाउने काम भएको थिएन । तथापि, लगत्तै सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र घाइतेहरुलाई तत्काल अस्पताल लैजान सकेका कारण अझ ठूलो क्षति हुन पाएको थिएन ।
 
ग्यास फैलिएपछि स्थानीय बासिन्दा आत्तिँदै घर बाहिर भागदौड गरेका थिए । प्रहरीले आसपासका इलाकाबाट सैयौँ मानिसलाई सुरक्षित स्थानमा लगेको थियो । घटना लगत्तै उद्योग वरपरका पाँच गाउँ खाली गराइएको स्थानीयवासी नागेश्वर रावले पत्रकार सम्मेलनमा बताउनुभयो । मे ८ मा नेशनल ग्रीन ट्रिबुनलले ६.६ मिलियन अमेरिकी डलर धरौटी राखी अनुसन्धानका लागि समिति बनाएर अनुसन्धान गर्न आदेश दिएको बिबिसी हिन्दीले जनाएको थियो । सन् १९६१ मा स्थापना भएको एलजी पोलिमर इण्डिया प्रालि नामक यस कम्पनि पछि कोरियाको कम्पनीअन्र्तगत सञ्चालित रहँदै आएको छ ।
 
हाल यस कम्पनिमा ६ सय भन्दा बढी कामदार रहेका छन् । यसको वार्षिक कारोवार २०० मिलियन डलर हुने गर्दछ । महाविपत्तिको ३५ वर्षपछि भोपाल भारतमा पटक पटक यस किसिमका ग्यास चुहावटका दुर्घटना हुने गरेको छ । सन् १९८४ मा भारतको मध्यप्रदेशको भोपालमा यस्तै दुर्घटना भएको थियो । युनियन कार्बाइड इण्डिया लिमिटेड नामक एउटा कारखानाबाट ठूलो मात्रामा रासायनिक पदार्थ चुहावट भएर हजारौँ मानिसको मृत्यु भएको थियो ।
 
युनियन कार्बाइडको कारखानाबाट विषालु ग्यास हावामा फैलिएपछि २४ घण्टाभित्र कम्तीमा तीन हजार जनाको ज्यान गयो भने हजारौँ मानिसको त्यसपछि पनि मृत्यु भएको थियो । पाँच लाखभन्दा बढी मानिस प्रत्यक्षरुपमा प्रभावित बनेको विषयलाई विभिन्न समाचार एजेन्सीहरुले आफ्नो समाचारहरुमा उल्लेख गरेका थिए । उक्त चुहावटलाई संसारकै सबैभन्दा ठूलो र नराम्रो औद्योगिक दुर्घटना मानिन्छ । दुर्घटना भएको ३५ वर्षपछि पनि हजारौँ मानिसलाई फोक्सोको रोग लाग्ने गरेको छ भने अझै सोही दुर्घटनाको असरका कारण अपाङ्गता भएका बच्चाहरू जन्मिने गरेको पीडितहरूले बताउने गरेका छन् ।
 
सन् १९८९ मा भारतको सर्वोच्च अदालतले पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको थियो । तर धेरै पीडितले थप क्षतिपूर्तिको आशा र उक्त स्थानको सफाइ हुनुपर्ने माग अहिले पनि राख्दै आएका छन् । गत वर्ष उक्त दुर्घटना भएको ३४औँ वर्ष पुगेको अवसरमा न्यायको माग राख्दै भोपालमा ठूलो जुलुस निकालिएको थियो । भोपाल दुर्घटनापछि भारतले विभिन्न ऐन नियमहरुको तर्जुमा गरी औद्योगिक तथा रासायनिक दुर्घटनाबाट बच्न विशेष जोड दिएको पाइन्छ ।
 
सन् १९८६ मा वातावरण संरक्षणसम्बन्धी ऐन तथा नियमावली, सन् १९८९ मा जोखिमपूर्ण फोहरसम्बन्धी नियम र जोखिमपूर्ण रसायनको उतपादन, भण्डारण र निर्यातसम्बन्धी नियम, सन् १९९६ मा रसायनिक दुर्घटना नियम, सन् १९८७ मा उद्योग संशोधन ऐन र सन् १९९१ मा सार्वजनिक दायित्व वीमा ऐनको तर्जुमा गरेको पाइन्छ । यति धेरै कानूनहरुमा औद्योगिक दुर्घटनाको न्यूनीकरणका लागि आवश्यक कानूनी आधार भएर पनि विशाखापटनममा अहिले भएको दुर्घटनाले त्यसको कार्यान्वयनका कतै कमजोरी रहेको प्रष्ट हुन्छ ।
 
औद्योगिक सुरक्षाको प्रश्न भारतमा मात्र नभएर विश्वका थुप्रै मुलुकहरुमा यस किसिमका दुर्घटनाहरु हुने गर्दछन् । यसखालका औद्योगिक सुरक्षा हुन नदिन र भइहालेमा पनि क्षति हुन नदिन पछिल्लो समय विश्वव्यापीरुपमै उच्च सतर्कता अपनाइएको छ । उद्योग स्थापनादेखि त्यसको नवीकरण गर्दा वा समयसमयमा व्यवस्थापन पक्ष र सरकारी निकायहरुबाट अनुगमन मूल्यांकन हुने गरेका कारण अप्रिय दुर्घटनामा कमी आएको छ । उद्योग कारखानाहरुले पनि निश्चित मापदण्ड अपनाउनु पर्ने हुन्छ ।
 
मुलुकको आर्थिक विकासका लागि औद्योगिकीकरण हुन आवश्यक छ र त्यहाँ कार्यरत मजदूरहरुको सुरक्षा र वातावरणीय स्वच्छता कायम गर्न राज्यहरुले आवश्यक कानूनहरुको तर्जुमा र त्यसको कार्यान्वयनमा ध्यान दिनु आवश्यक हुन्छ र टे«ड युनियनहरुको दायित्व पनि कामदारहरुको सुरक्षित वातावरणमा काम गर्ने अधिकारको रक्षामा आmूूलाई केन्द्रित राख्नुपर्ने हुन्छ । विशाखापटनमको यस उद्योगले राज्यबाट समयसमयमा वातावरणीय र औद्योगिक सुरक्षा कायम गरेको भन्ने प्रमाणपत्र पाउन असफल रहेको थियो । अर्थात उद्योगभित्र आवश्यक पूर्वसावधानीहरु यथेष्ट मात्रामा नअपनाइएका कारण यो दुर्घटना हुन पुगेको बताइन्छ ।
 
बन्दाबन्दी (लकडाउन) को बेला ग्यास राखेको ट्याङ्कीको तापक्रम नियन्त्रण गर्ने रेफिजेरेसन (चिस्यायने यन्त्र) ले काम नगर्नु, अनुगमन नहुनु र ट्याङ्कीमा रासायनिक प्रक्रिया रोक्न थप्नुपर्ने रसायनहरु समयमा थप्न नसक्नु यो दुर्घटनाको प्रमुख कारणहरु रहेको मानिएको छ । रासस
सम्बन्धित समाचार
पाथीभरा केबलकारमा राज्यले यसरी गुमायो लाखौँ

धरान । यसअघिका ब्लाष्ट एक्सप्लेनरमा ‘बाहुबली’ कम्पनीहरूले कसरी कानून मिच्न ...

झापाबाट चिया निर्यात पूर्णरूपमा ठप्प

भद्रपुर । झापाबाट चिया निर्यात पूर्णरूपमा ठप्प भएको छ । भारतले बैशाख १८ गते ...

इनरुवामा ३३ औं मदन–आश्रित स्मृति सभा सम्पन्न

इनरुवा । सुनसरीको इनरुवा–३ सखुवागाछीमा ३३ औँ मदन–आश्रित स्मृति सभा तथा प्रत ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
पाथीभरा केबलकारमा राज्यले यसरी गुमायो लाखौँ
जेठ ४, २०८३
झापाबाट चिया निर्यात पूर्णरूपमा ठप्प
जेठ ४, २०८३
इनरुवामा ३३ औं मदन–आश्रित स्मृति सभा सम्पन्न
जेठ ४, २०८३
मनसुनमा पूर्वतयारी अपनाऊ
जेठ ४, २०८३
आजको राशिफलः २०८३ साल जेठ ४ गते सोमबार
जेठ ४, २०८३
सुरक्षित गर्भपतनका लागि तीन तहको सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
जेठ ३, २०८३
४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ
जेठ ३, २०८३
मलेपको रूपान्तरणकारी आयोजनाका प्रगतिमा प्रश्न
जेठ ३, २०८३
महालेखा प्रतिवेदनः सात प्रदेशको बेरुजु ३८ अर्ब
जेठ ३, २०८३
सङ्खुवासभाको शिवधारा
जेठ ३, २०८३
बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’
जेठ ३, २०८३
झापामा ४८२ जना लागूऔषध कारोबारी पक्राउ
जेठ ३, २०८३
अरनिको र शिक्षादीपमा प्रवेश परीक्षा दिन विद्यार्थीको भीड
जेठ ३, २०८३
आजको राशिफलः २०८३ साल जेठ ३ गते आइतबार
जेठ ३, २०८३
भेजपुरमा अनलाइनबाट घरमै नक्सा
जेठ २, २०८३
पाथीभरा केबलकारमा राज्यले यसरी गुमायो लाखौँ
जेठ ४, २०८३
झापाबाट चिया निर्यात पूर्णरूपमा ठप्प
जेठ ४, २०८३
इनरुवामा ३३ औं मदन–आश्रित स्मृति सभा सम्पन्न
जेठ ४, २०८३
मनसुनमा पूर्वतयारी अपनाऊ
जेठ ४, २०८३
आजको राशिफलः २०८३ साल जेठ ४ गते सोमबार
जेठ ४, २०८३
सुरक्षित गर्भपतनका लागि तीन तहको सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
जेठ ३, २०८३
४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ
जेठ ३, २०८३
मलेपको रूपान्तरणकारी आयोजनाका प्रगतिमा प्रश्न
जेठ ३, २०८३
महालेखा प्रतिवेदनः सात प्रदेशको बेरुजु ३८ अर्ब
जेठ ३, २०८३
सङ्खुवासभाको शिवधारा
जेठ ३, २०८३
बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’
जेठ ३, २०८३
झापामा ४८२ जना लागूऔषध कारोबारी पक्राउ
जेठ ३, २०८३
अरनिको र शिक्षादीपमा प्रवेश परीक्षा दिन विद्यार्थीको भीड
जेठ ३, २०८३
आजको राशिफलः २०८३ साल जेठ ३ गते आइतबार
जेठ ३, २०८३
भेजपुरमा अनलाइनबाट घरमै नक्सा
जेठ २, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क