विराटनगर / मोरङ प्रहरीले बलत्लकार आरोपमा एक जना पूर्व प्रहरीका सईलाई पक्राउ गरेको छ ।
विराटनगरकी एक महिलाले दिएको जाहेरीको आधारमा प्रहरीले विराटनगर १२ बखरी बस्ने ५० वर्षीय नयन श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठले ती महिलाले २०७६ फागुन ३ गते विराटनगर ३ मुनालपथमा रहेको काठमाण्डौ सेक्यूरिटी कार्यालयमा कोठा भित्र बोलाई जवरजस्ती करणाी गरेको आरोप लगाएरजाहेरी दिएकीछन् ।
प्रहरीले अदालतमा म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईलेजानकारी दिए ।