विराटनगर / मोरङको कानेपोखरी घर भई विराटनगर बस्दै आएकी एक जना किशोरीलाई ‘स्प्राइट’ मा नसालु पद्धार्थ हालेर बेहोस बनाएपछि बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीले सुनसरीको इनरूवा नगरपालिका ३ महेन्द्रचौकमा डेरागरि बस्ने पप्पु भन्ने जितेन्द्र पौद्दारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पौद्धारले २१ वर्षीय किशोरीलाई २०७५ चैत २४ बेहोस बनाएर पहिलोपटक इटहरीस्थित एक होटलमा लगेर बलत्कार गरेको आरोप छ ।
ती किशोरीलाई बलत्कार गरेपछि नग्ग भिडियो र तस्विर पनि खिचेको थिए । त्यही नग्ग तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत सार्वजानिक गरिदिने डरत्रास देखाउँदै पटक–पटक बलत्कार गरेको ती किशोरीले दिएको जाहेरीमा उल्लेख छ । ती किशोरीले मोरङ प्रहरीमा जाहेरी दिएको १४ महिनापछि बुधबार पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । पौद्दार विरूद्ध २०७६ वैशाख ६ गते मोरङ प्रहरीमा जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन् । पीडित किशोरीले जाहेरी दिए पछि पौद्दार फरार थिए ।

जवरजस्ती करणी मुद्दाको हदम्याद सकिन लागेपछि पौद्दारलाई फरार प्रतिवादी बनाएर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरेको थियो ।
लामो समयदेखि फरार गरेका पौदार पक्राउ परेपछि बिहीबार मोरङ अदालतमा उपस्थित गराएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘कसुर गरेपछि पौद्दार लामोसमयदेखि फरार थिए,’ एसपी खड्काले भने, ‘पक्राउ परेका फरार अभियुक्त पोद्दारमा अदालतमा बुझाएको छौं ।’