• गणेशकुमार ठाकुर

सिरहा /  शम्भु र राजुका हत्यारालाई कारबाहीको माग गर्दै जनकपुरमा अर्धनग्न प्रदर्शन गरिएको छ ।
प्रर्दशनमा सहभागीहरूले दलितमाथिको अत्याचार बन्द गर, प्रहरी प्रशासन मुर्दाबाद, शम्भु र राजुका हत्यारालाई कारबाही गर जस्ता नारालगाएका थिए । जनकपुरको विभिन्न चोकमा प्रदर्शन पश्चात दलित अगुवाहरुले जिल्ला प्रशासन किर्यालय धनुषा अगाडी धर्ना बसेका थिए ।

शम्भु र राजु सदाले न्याय नपाएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन् । साउन १३ गते थाली र सिटी जुलुससहित सिडिओ कार्यालय अगाडी धर्ना, साउन १५ गते मिरदङ्ग बजाउदै पोस्टर टास्दै सिडिओ कार्यालय अगाडी धर्ना, साउन १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनशन बस्ने जनाएको छ । आज भने आदी शरीर नाङ्गो बनाएर प्रर्दशन गरेका हुन ।

गत जेठ २७ गते मध्यरातमा शम्भु सदा इलाका प्रहरी कार्यालय सबैलामा झुण्डिएको अबस्थामा फेला परेका थिए । यस्तै गत असार ७ गते राती प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा उपचार नपाएर छटपटिएर राजु सदाको मृत्यु भएको थियो ।

pic (4) 3