ब्लाष्टखबर । धरान १७ स्थित क्षितिज टोल नजिकै बालयौन दुर्वयवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १७ कै २० वर्षीय सुसन कालिकोटे भनिने सुरेस विश्वकर्मा पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।
डिएसपी बस्नेतका अनुसार विश्वकर्माले गत शनिबार साझ स्थानिय १० वर्षीय वालिकालाई श्री माध्यामिक विद्यालय नजिकैको एकातन्त स्थानलमा दुर्व्यवहार गरेका भन्ने जानकारी गराएपछि सोमबार उनलाई पक्राउ गरिएको हो ।
आइतबार पिडितका बुबाले प्रहरिमा जानकारी गराएसंगै इप्रका धरानबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको बस्नेतले जनाएको छन् ।