ब्लाष्टखबर ।  इटहरीमा बसमा सबार धरानका डम्बर प्रसाद बाँस्तोलालाई लुटपाट गर्ने ४ जना पक्राउ परेका छन् । 

गत शुक्रबार धरानबाट इटहरी तर्फ जाने बसमा सवार धरान उपमहानगरपालिका ८ का ५७ बर्षीय बाँस्तोलालाई लुटपाट गर्ने ४ जनालाई  इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेकाे हाे ।  

कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक रोसी गाउँपालिका-३ का ३६ बर्षीय जीतबहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका-५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका-८ का ३२ बर्षीय सुजन तामाङ भन्ने सनबहादुर लामा तामाङ र तिमाल गाउँपालिका-२ का २६ बर्षीय कमल लामा रहेका छन् ।

उनीहरूले इटहरीस्थित ट्ङग्रा खोला नजिकै बसबाट ओर्लन खोजेका बाँस्तोलाकाे साथबाट ९७ हजार ६ सय नगद लुटपाट गरकाे कार्यालयले जनाएकाे छ । 

ल्रटपाट गरी फरार भएका उनीहरूकाे खाेजी गर्ने क्रममा कमल तत्काल पक्राउ परेकाे र अन्य ३ जनालाई खोजतलास गर्ने क्रममा सोमबार दिउँसो तरहराबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका सुचना अधिकृत प्रहरी निरिक्षक मान प्रसाद श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार प्रहरीले उनीहरूकाे साथबाट नगद १२ हजार ९ सय बरामद गरेकाे छ । 

श्रेष्ठले उनीहरू गत साउन ८ गते चाेरी, लुटपाट तथा डकैत गर्ने याेजना बनाएरै पूर्व तर्फ आएकाे र धरानस्थित एक हाेटलमा डेरा गरी बसेकाे प्राराम्भिक अनुसन्धानबाट खुलेकाे प्नहरीले जनाएकाे छ । उनले थप अन्य दुई जना पनि साेहि समुहमा रहकाे खुल्न आएकाे र उनीहरूकाे पनि खाेजि भरहकाे प्नहरीले जनाएकाे छ ।