ब्लाष्टखबर । मोरङ प्रहरी र १ नम्बर प्रदेश प्रहरीकाे विशेष टोलिले प्रति केजि ३ कराेड मुल्य पर्ने केमिकल ड्रग्स सहित  एक जनालाई पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेमा  जग्गा काराेबारी तथा उद्योगका लगानीकर्ता समेत रहेका सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । 

विशेष सूचनाका आधार खटिएकाे टाेलिले पोखरेललाई  विराटनगर महानगरपालिका–२ बरगाछीमा ग्रहकलाई लागुऔषध पुर्याउन आउँदै गरेको अवस्थामा २ सय ग्राम २२ मिलिग्राम सहित  पक्राउ गरेकाेमा अनुसन्धानपछि प्रहरीले सलकपुरस्थित उनको घरमा छापा मारेर थप लागुऔषध बरामद गरेको कार्यालयले जनाएकाे छ ।

प्रहरीले पोखरेलकाे साथबाट ५३० ग्राम ९३ मिलिग्राम मेथान्टामाइन आइस नामक लागुऔषधसहित नियन्त्रणमा लिइएको कार्यालयले जनाएकाे छ । जुन विश्वमा दुर्व्यसनीले सबैभन्दा बढी रुचाएको केमिकल ड्रग्स मध्याेकाे एक रहकाे बताईएकाे छ । प्रहरीका अनुसार यसको अन्तर्राष्ट्रिय मूल्य प्रतिग्राम ८० डलरभन्दा बढी रहेपनि नेपाल सम्म आईपुग्दा प्रतिकेजि ३ कराेड सम्म पर्ने गर्दछ ।

यस्ताे प्रकारकाे केमिकल ड्रग सहित काराेबारी पक्राउ परेका प्रद्रश १ काे याे पहिलाे घटना भएकाे कार्यलयका अधिकारीले जनाएका छन् ।