धरान / मानव बेचबिखन तथा ओसार पसार मुद्धामा काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भई फरार रहेका धरानका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

धरान-११ ठाडो सोलिङ बस्ने बर्ष ३९ को पुष्प परियारलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौको समन्वयमा इलाका प्रहरी कार्यालय धरानले मंगलबार पक्राउ गरेको हो ।

उनलाई घरबाटै पक्राउ गरिएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
थप अनुसन्धानको लागी प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।