• सन्देश किराती

भोजपुर / जिल्ला अदालत भोजपुरले गत आर्थिक वर्षकोे कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्लामा क्रियाशिल सञ्चाकर्मीहरुसँगको अन्र्तक्रियामा शुक्रबार अदालतले प्रगति विवरण सार्वजनिक गरेकोे हो । कार्यक्रममा २०७६/७७ को मुद्वाको लगत फछर्यौट तथा फैसला कार्यान्वयन समेतको विवरण सार्वजनिक गरिएको अदालतका श्रेस्तेदार नवराज कार्कीले बताए । श्रेस्तेदार कार्कीले प्रस्तुत गरेको विवरणमा देवानी प्रकृतिको १ सय १९ मुद्वा मध्य ८८ वटा फछ्र्यौट भएका छन ।

५८ वटा मुद्वा भने फच्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । यस्तै सरकारवादी फौजदारी १ सय १७ वटा मुद्वा मध्ये ३८ वटा फच्र्यौट भइसकेको र ७९ वटा मुद्वा फछ्र्यौट हुन बाँकी रहेका छन् । पुनरावेदन तर्फ ६ वटामा २ वटा फच्र्यौट भएको र ४ वटा मुद्वा फछ्र्यौट हुन बाँकी रहेको श्रेस्तेदार कार्कीले जानकारी दिए । जिल्ला अदालतले यो आर्थिक वर्षदेखि भने फरक मुद्वा व्यवस्थापन गरि न्याय सम्पादन छिटो छरितो र गुणस्तरिय बनाउने जनाएको छ ।