धरान/भन्सार छली गरी भारी परिमाणमा सुर्ती ल्याई भण्डारण गर्दै गरेको अवस्थामा मङ्गलबार पक्राउ गरिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकामा भण्डारण गरी राखेको अवस्थामा करिब ४ लाख रुपैयाँ बराबरको सुर्ती बरामद गरेको हो । सुर्तीसहित गाडी पनि नियन्त्रणमा लिइएको छ ।

बर्जु–५ मा भण्डारण गरी राखेको अवस्थामा बन्द गरिएको ५८ बोरा र खुल्ला २२ बोरा सुर्ती बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गाडीसहित बरामद गरिएको सुर्ती आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोशीटप्पु पठाइएको छ । गाडीको नम्बर भने खुलाइएको छैन ।