ब्लाष्टखबर । आर्थिक प्रलोभनमा परी मुद्दा कमजोर बनाउन खाेजेकाे भन्दै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारी सहित प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठ र महिला सेलकी इन्चार्ज सई कृष्ण अधिकारीलाई स्पष्टीकरण सोधिएको छ ।
उनिहरूले विभिन्न मुद्दामा आर्थिक प्रलोभनमा परी मुद्दा कमजोर बनाउनुको साथै अनावश्यक रकम मागेको आरोपमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुनसरीले लिखित स्पष्टीकरण सोधिएको हो ।
उनिहरूमा एक मन्टेश्वरीमा कार्यरत कर्मचारी १९ वर्षिय युवतीलाई साेहि मन्टेश्वरीका संञ्चालक सन्ताेष कटुवाल जवरजस्ती करणिकाे प्रयास गरेकाे घटनाकाे मुद्द दर्ता नगर्ने भन्दै ५ लाख नगद लिएरकाे र १७ दिनपछि मुद्दा दर्ता भएपछि रकम फिर्ता गरेर आर्थिक चलखेल गरेको आरोप छ ।
उनिहरूलाई बिहीबारको मिति राखी २४ घण्टा भित्र लिखित स्पष्टीकरण दिन भनिएको छ ।