ब्लाष्टखबर । धरान १७ काे उदय सामुदायिक बनमा महिलालाई माथि बलात्कारकाे प्रयास गरी लुटपाट गर्ने  एक जना पक्राउ परेका छन् ।

शुक्रबार जंगलमा निगुराे टिप्न गएकी ५५ वर्षीय धरान १७ कि एक महिलालाई धारीले हतियार देखाए र बलात्कारकाे प्रयास गरी महिलाले लगाएकाे गहना लुटेर फरार भएका साेहि ठाउँका ३३ वर्षीय टेकबहादुर धामीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेकाे कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन्  । 

बस्नेतका अनुसार धामीले खुकुरी देखाएर जबरजस्ती करणी गर्न खोजेको र महिलाले कानमा लगाएको सुनकाे कुन्डल र नाककाे फुली लुछेर फरार भएको भन्ने पिडित महिलाले दिएकाे सुचनाका आधारमा तत्कालै धामीलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेकाे हाे । 

पक्राउ परेका धामी र पीडित दुबैकाै शारीरिक परीक्षण गरि धामीमाथी जबरजस्ती करणी उद्योग तथा चोरी मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।