धरान । भारततर्फ तस्करी भइरहेको समयमा जिल्ला प्रहरी मोरङको टोलीले ७ बोरा हरियो मटर बरामद गरिएको छ ।

लुकाईछिपाई अवैध रूपमा साइकलमा लग्दै गरेको अवस्थामा २५ किलोग्राम बराबरको हरियो मटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी तथा सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए ।

पछिल्लो समय नेपालबाट हरियो मटर तस्करी हुँदै आएको छ । मोरङ प्रहरीबाट गस्तीमा खटिएको टोलीले साइकलसहित मटर बरामद गरेको छ भने तस्करीमा संलग्न व्यक्ति भने फरार रहेकाले खोजी कार्य भइरहेको नाइएको छ ।

प्रहरीले आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाने तयारी भएको जनाएको छ ।