धरान । सुनसरी प्रहरीले भोक्राहा नरसिंह गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गबाट एक युवालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
सुनसरी प्रहरीबाट खटिएको टोलीले सोही गाउँपालिका ३ का ४० वर्षीइ चन्द्रनारायण साहलाई पक्राउ गरेको हो । उनको साथबाट ३० बोतल डाइलेन्स डिसी बरामद गरिएको छ । त्यस्तै एक थान रेडमी कम्पनीको मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही अगाडि बढाइएको छ ।