धरान । झापाको कनकाई–७ का २२ वर्षीय अभिषेक चौधरीको हत्या ‘दुव्र्यसनी’ सँग जोडिएको पाइएको छ ।

गाँजा खान नपाएको झोकमा आफ्नै साथीले बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीको हालसम्मको अनुसन्धानबाट खुलेको छ । बुधबार बिहान कनकाई–३ एकान्त टोलमा अभिषेक चौधरीको शव फेला परेको थियो । आफ्नै साथी रविन राजवंशीलाई हत्या आरोपमा पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार प्रारीम्भक अनुसन्धान गर्ने क्रममा गाँजा खान नदिएको झोकमा हत्या गरिएको पाइएको छ । मृतक र आरोपी दुवै लागूऔषध दुव्र्यसनीमा फसेको पाइएको छ ।

एसपी कोइरालाका अनुसार मृतकले रविनलाई १ सय रुपैयाँ दिएर गाँजा किन्न पठाएका थिए । किनेर ल्याइसके पछि मृतकले नदिने भन्दै विवाद झिकेपछि एक झापड हिर्काएका थिए । सोही विषयमा रविनले हत्या गरेको थियो । प्रहरीले रविनलाई कनकाई–७ त्रिवेणी टोलबाट बुधबार राति पक्राउ गरेको थियो ।