धरान । सुनसरीको इटहरी–१२ खनारबाट एउटा कार चोरी भएको छ ।
चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरक्षा योजना सार्वजनिक गरिरहेका बेला बुधबार राति टाइटानिक कार चोरी भएको हो । बा ९ च ३४०४ नम्बरको सेता रंगको कारा घरमै राखेको अवस्थामा चोरी भएको छ । घरबाटै कार चोरी भएपछि अहिले प्रहरीका लागि टाउँको दुखाइको विषय बनेको छ ।
कार चोरी गर्दै गरेको सीसीटिभी भिडियोमा रकेर्ड भए पनि चोरीमा संलग्न व्यक्तिसहित गाडी पक्राउ गर्न प्रहरी असफल बनेको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले कार चोरीमा संलग्नको खोजी कार्य तीव्र बनाएको छ ।