धरान/भन्सार छली गरिएको ४३० लिटर डिजेलसहित तीन जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले सुनसरी हरिनगरा गाउँपालिका–६ का २५ वर्षीय सत्रुधन साह, ३० वर्षीय नजाम खान र ५० वर्षीय अकवाल मियाँलाई पक्राउ गरेको हो । उनीहरूले डिजेल ल्याउन प्रयोग गरेका तीन थान मोटरसाइकल पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

उनीहरूले भन्सार छली गरी निकासी गरेको अवस्थामा ४३० लिटर डिजेल नियन्त्रणमा लिइएको हो । डिएसपी राईका अनुसार ३४ हजार ४ सय रुपैयाँ बराबरको डिजल नियन्त्रणमा लिइएको छ ।