धरान । धरान उपमहानगरपालिका–१५ गणतन्त्र मार्गबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने ३३ बर्षीय रवि तामाङ (लामा) हुन् । आफ्नै घरको कोठामा लागुऔषध लुकाई राखेको र बिक्रीवितरण गर्ने गरेको सुचनाको आधारमा छापा मार्दा इलाका प्रहरी कार्यालय धरानको टोलिले उनलाई पक्राउ गरेर लागुऔषध बरामद गरेको हो ।
उनको कोठाबाट कार्टुनमा लुकाएको अवस्थामा डाइलेक्स डिसि १०० एमएलको १६ थान र एउटा खाली बोतल वरामद , स्पास्मोप्रोक्सिभन प्लस ८४ क्याप्सुल र नाइट्रोसन १० लेखिएको १४ ट्याब्लेट भएको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।