ब्लाष्टखबर । किर्ते गरि दोहोरो नागरिकता लिएका सुनसरी इनरूवाका एक जनालाई प्रहरीले अनुसन्धान पूरा नगरि हाजिर जमानतमा छोडिदिएको छ ।

नेपाल र भारत दुवै देशको नागरिकता लिएको प्रमाण हुँदाहँुदै पनि सुनसरी प्रहरीले इनरुवा नगरपालिका – १ का ५२ वर्षिय रमेश कुमार शर्मालाई प्रशासनले बोलाएको बेला उपस्थित हुने गरि ‘हाजिर जमानत’ मा छोडेको हो ।

किर्ते गरि झुटा बिवरण पेश गरि नागरिकता लिएको उजुरी परेपछि सुनसरी प्रहरीले शर्मालाई गत आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो । पहुँचवाला शर्मालाई सुनसरी प्रहरीले अनुसन्धान प्रक्रिया पूरा नगरि हाजिर जमानतमा नियन्त्रण गरेको दिन साँझ छोडिएको हो । पहँुचवाला शर्मालाई छुटाउन इनरुवा नगरपालिका १ का वडाअध्यक्ष रामचन्द्र पोदार पुगेका थिए । वडाअध्यक्ष पोदारको रोहबरमा प्रशासनले बोलाएको बखतमा उपस्थित हुने गरि शर्मालाई छोडिदिएको हो । शर्मालाई सुनसरी प्रशासन कार्यालयले आगामी पुस १३ गते उपस्थित गराउने गरि छोडिएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीले पहिले नै मुद्दा किनारा लागिसकेको देखिएकोले आवश्यक पर्दा हाजिर हुनेगरि छोडिएको बताए । ‘यस अघि पनि मुद्दा रहेछ,’ उनले भने, ‘जिल्ला प्रशासन कार्याल सुनसरीले बोलाएको खण्डमा उपस्थित हुने गरि छोडिएको हो ।’

मुद्दा चलाउनु पर्ने अवस्था नदेखिएकै कारण शर्मालाई हाजिर जमानतमा छोडिएको प्रहरीको भनाई छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयमा यसअघि मुद्दा भएकोले समन्वयमा गरि शर्मालाई हाजिर जमानतमा छोडिएको बताए पनि यस विषयमा आफुलाई कुनै जानकारी नभएको सुनसरीको प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेले बताए ।

शर्माले नेपालको नागरिकता नं.७८१७÷००३ रहेको छ । उनले अहिलेसम्म भारतको नागकिरता पनि त्यागेको छैनन । रमेशका बावु लगनलाल शर्माको पनि नेपाल र भारत दुवै देशको नागरिकता रहेको पाइएको छ ।

छगनलाल इनरुवा बजारमा घर रहेको छ । कपडाको व्यापार गर्ने छलनलाल विवादमा मुछिएपछि अहिले पसल छोडेका छन् ।