ब्लाष्टखबर । गुल्ममा जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । भने १ जना बेपत्ता भएका छन् । इस्मा प्रहरी चाैकीका अनुसार गुल्मीकाे इस्मा गाउँपलिका ४ स्थित दाेलहिकाे हुल भन्ने ठाउँमा जिप दुर्घटना भएकाे हाे ।

 हुलबाट तम्घा आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार ५ जनाकाे घटना स्थलमै मृत्यु भएकाे इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले बताएका छन् । 

उनका अनुसार गाडी चालक र सहचालक सामान्य घाइते भइका छन् । दुर्घटनामा परि १ जनाना बेपत्ता रहकाे बताइएकाे छ घटनाकाे थप बिवरण भने अउने बाँकी रहेकाे छ  ।