ब्लाष्टखबर । काठमाडौं महानगरपालिका ३२ काेटेस्वर चाेक नजिकै पेस्ताेल धारीले एक युवामाथी लुटपाटको प्रयास भएको छ ।
आईतबार बिहान करिब ६:३० मा सिन्धुलीको तीनपाटन घर भएका २५ वर्षीय युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरेकाे हानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
भक्तपुरको राधेराधेमा बस्दै आएका आलेमगरलाई अनदाजी ३० वर्षका पेस्ताेलधारीले मोबाइल मागेका थिए तर उनले मोबाइल दिन नमान्दा पेस्तोल बाटोमा झरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जनाएका छन् ।
विष्टले घटना स्थलबाट एउटा पेस्तोल र एकराउण्ड गोली फेला परेको बताउँदै शंकास्पदहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेकाे जनाएकाे छ ।