ब्लाष्टखबर । सोमबार धरान स्थित विजयपुर हस्पिटलमा पित्तथैलीमा भएको पत्थरीको अप्रेसनपछि मृत्यु भएकी इटहरीकी दीपा राईको शुक्रबार शवको पोष्टमार्टम भएको छ ।
अप्रेसनपछि शरीरभित्र निरन्तर रक्तस्राव भएपछि बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान पुर्याइएकी राईकाे मृत्यु भएपछि डाक्टरकाे लापरवाहीले मृत्यु भएकाे भन्दै आन्दाेलित आफन्त र अस्पताल प्रसासन बिच सहमती भएपछि मृत्यु भएको ४ दिनपछि आज शवकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी दाह सँस्कारका लागी आफन्तले जिम्मा लिएका छन् ।
हिजाे मृतकलाई न्याय दिलाउ माग राख्दै हस्पिटल अगाडीकाे सडक अवरुद्ध पारेका मृतक पक्ष र हस्पिटल प्रशासन हिजाे पनि वार्ता भएकाे थियाे । हिजाे दुवैपक्ष बिच समझदारी भएपनि आज पुन: छलफल हुने बताइएकाे थियाे ।
हिजाेकै समझदारी अनुरूप आज इटहरी वडा नं २० का अध्यक्ष मणीराम श्रेष्ठ, किरात राई यायोक्खाका प्रतिनिधि, मृतकको परिवारका सदस्यहरुको उपस्थितिमा सहमति भएको के.के राईले जनाएका छन् ।

उनका अनुसार मृतक राईकी छोरीलाई स्नातक तहसम्मको सम्पूर्ण अध्यान खर्च बेहाेर्नुका साथै हस्पिटल रहेसम्म छाेरीकाे स्वास्थ्य उपचार दिने सहमती भएकाे हाे ।
दुइ पक्ष बिच सहमति भएपनि मृतकका श्रीमानले अप्रसनमा संलग्न डाक्टर गजेन्द्रप्रसाद दासविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकाले सहमती लिखित भने नगराएकाे बताइएकाे छ ।