प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंस्थित भृकुटीमण्डपमा आमसभा सुरु गरेको छ ।
आमसभामा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको सहभागिता छ ।
गत पुस ५ गते संसद विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसअघि पुस १४ र माघ ९ मा पनि प्रदर्शन गरेको थियो ।
काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत भएको हो ।
सभालाई प्रचण्ड, माधव नेपालसहित १४ जनाले सम्बोधन गर्ने तय भएको छ ।