ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवन्धित विप्लव समुहलाई मुलधारको राजनितिमा आउन  अव्हान गरेका छन् । 

प्रधानमन्त्री ओलीले  प्रजातन्त्र दिवसको अवसरमा आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै सो अव्हान गरेका हुन् । 

काठमाडौंको टुडिखेलमा आयोजित उक्त कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विप्लव समुहलाई सरकारको वार्ता टोलीसंग सम्वादमा आउन पनि आग्रह गरेका छन् । 

उनले अर्को वर्ष नेपाल विकाशशील राष्ट्रमा जाने बताउँदै सरकारले लोकतन्त्रको बाटो नबिराउने भन्दै जनताको अभिमत भन्दा बाहिर नजाने बताएका छन् । प्रधानमन्त्री अ‍ोलीले सरकारले भ्रष्ट्राचार गर्न नदिने र गरेमा कडा कारबाही गर्ने बताए ।