मोरङको रतुवामाई नगरपालिका ४ आमबारीमा सामुदायिक अस्पताल सञ्चालनमा आएको छ ।
२५ शैय्याको आमबारी सामुदायिक अस्पताल शनिबारदेखि सञ्चालनमा आएको हो ।
उक्त अस्पतालको उद्घाटन रतुवामाइ नगरपालिका ४ का वडाअध्यक्ष देवराज राजवंशीले गरे । करिब १ करोड लागतमा सञ्चालनमा आएको अस्पतालमा आँखा सम्बन्धी सम्पूर्ण उपचार सेवा हुने बताइएको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकहरूदेखि स्वास्थ्य उपचार सेवा प्रदान गरिने आमबारी सामुदायिक अस्पतालका संयोजक ताजिम अन्सारीले जानकारी दिए ।
अस्पतालमा ओपीडी, २४ औं घण्टा आकस्मिक, भिडियो ए–क्सरे, इसिजीलगायतका सम्पूर्ण सेवाहरू सञ्चालनमा छ ।
‘ओपीडी सेवाहरूमा अहिले बच्चा सम्बन्धी सम्पूर्ण सेवाहरूसँगै गाइनो सम्बन्धी सेवाहरू पनि प्रदान गरिएको छ,’ अस्पतालका संयोजक अन्सारीले भने, ‘अस्पताल सञ्चालन आएको अवसर पारेर विशेष छुट योजना पनि ल्याएको छ ।’
अस्पताल सञ्चालन आएको अवसर पारेर शनिबार निःशुल्क रूपमा आँखाको स्वास्थ्य परीक्षण गरिएको छ । आँखाको निःशुल्क जाँचमा १ सय भन्दा बढीको सहभागिता थियो । अस्पतालमा आँखा सम्बन्धी सम्पूर्ण उपचार हुनाको साथै शल्यक्रिया पनि हुने अस्पतलाका सञ्चालक तेजलाल कर्णले जानकारी दिए ।
‘अत्याधुनिक उपकरणको प्रयोग गरी अस्पताल सञ्चालनमा ल्याइएको छ,’ उनले भने, ‘नयाँ अस्पताल सञ्चालनमा आएको अवसर पारेर विशेष छुट योजना पनि लिएर आएको छ ।’