ब्लाष्टखबर ।  अलालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र ) ब्युँताएपछि पहिलाेपटक  नेकपा (माओवादी केन्द्र )काे केन्द्रिय कमिटिकाे बैठक सुरू भएकाे छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघिबाट सुरू भएकाे केन्द्रिय कमिटिकाे बैठक पछिल्लाे राजनैतिक घटनाक्रम र  पार्टीले खेलेकाे भुमिकाबारे छलफल हुने बताइएकाे छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले  राजनैतिक अवस्थाका बारेमा  जानकारी गराएर सुरू भएकाे बैठकमा  बैठकमा संगठनात्मक संरचनाका लागि विधान परिवर्तन, एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहितका २३ नेतामाथिको कारबाही लगायत नयाँ सत्ता समीकरणका विषयमा कुरा हुने एक नेताले बताए।