ब्लाष्टखबर ।  नेकपा विगठन भएसंगै ब्युँतेकाे नेकपा (माओवादी केन्द्र)ले नाम परिवर्तन गर्ने भएको छ। 

अदालतले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेलाइ ब्युँताइ दिएपछि पहिलाे पटक आज बसेकाे माओवादी केन्द्रकाे केन्द्रीय कमिटिकाे बैठकमा  नाम परिवर्तन गर्ने प्रस्ताव आएकाे हाे । 

पेरिस डाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र हटाएर  नेपाली कम्युनिस्ट पार्टी  राख्ने प्रस्ताव पाेस गरेका हुन् ।

प्रस्तावमा बृहत् वाम एकता अभियान चलाउने,  वर्तमान राजनीतिक स्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जहरुले धारणा राख्ने लगायत संगठनात्मक काम, पार्टी विधान र पार्टी अनुशासनसम्बन्धी विषय पनि एजेण्डामा रहेकाे छ  ।