ब्लाष्टखबर । सिराहा जिल्लाकाे लहान नगरपालिका स्थित मालपाेत कार्यालयमा बम विस्पाेट भएकाे छ ।
आज दिउसाे करिब १ बजे भएकाे विष्पाेटनमा परी ६ जना मानिसहरू घाइते भएकाे सिरहाका प्रहरी उपरीक्षक सुदीप भण्डारीले बताएका छन् । घाइते हरू मध्याे १ जनाकाे अवस्था गम्भिर रहेकाे इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएकाे छ ।
विष्पाेटन पछि आगलागी भएकाे हुँदा आगो निभाउन लहान नगरपालिकाका वारुण यन्त्र घटनास्थल पुगेको छ । आगलागीका कारण कार्यालयका कागजात जलेका छन् ।