पछिल्लो चौबीस घण्टामा कोभिड–१९ बाट ७७ जना संक्रमणमूक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ३२६ जना पुगेको छ ।
५३ जना संक्रमित थपिएका छन् । विगत चौबीस घण्टामा दुई हजार ६१५ जनाको पीसीआर परीक्षण गरिएकामा ५३ जनाको नतिजा पोजेटिभ आएको छ । यो नतिजासँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार २३१ पुगेको छ ।
हाल क्वारेन्टिनमा ४७ जना छन् भने आइसोलेसनमा ८९१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा मृत्यु हुनेको संख्या शून्य छ । शनिबारसम्म मृत्यु भएका तीन हजार १४ जनामा कोभिड १९ को संक्रमण देखिएको थियो ।