धरानमा जारी २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपअन्तर्गत आज भएको खेलमा वडा नं. १९ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
८ नं. वडालाई ३–१ गोल अन्तरले पराजित गर्दै १९ सेमिफाइनल प्रवेश गरेको हो । जितका लागि विनोद राई, इन्सन राई र सुचन रम्तेलले गोल गरे ।
खेलको म्यान अफ द म्याच विजयी टोलीका विनोद राई घोषित भए । उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद २ हजार पुरस्कार प्रदान गरे ।
भोलि वडा नं. १३ र १७ सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । चैत्र ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित पुरस्कार प्राप्त गर्ने छन् ।