देउराली । नेकपाका नेता महेश बस्नेतले प्रधानमन्त्री ओलीकाे सरकारले विकासका कामलाई तीव्रता दिएकाे बताउँदै  सरकारकाे बिराेध गर्नु  औचित्यहीन भएको दाबी गरेका छन् । 

उनले काठमाण्डाैमा मेलम्चीकाे पानी आएपछि उपत्यका बासी खुसी भएकाे भएपनि उपत्यकाकै संसदलाई  प्रसर बढेकाे भन्दै उपचारकालागी सरकारले गंगालाल अस्पतालकाे स्तरउन्नती गरेका बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोलेका  बस्नेतले  सरकारले  देशकाे हितमा काम गरिरहेका कारण राजनितिमा वितृष्णा जागेकाहरुकाे समेत प्रधानमन्त्री ओलीका कारण आशा पलाएकाे बताएका छन् । 

उनले भने , ‘प्रधानमन्त्री ओलीले देशका लागि गरेका कामका कारण आइ हेट पोलिटिक्सु भन्‍नेहरु लभ यु केपी बा भन्‍न थालेका छन्।’ 

उनले नेपाली कांग्रेस नेता गगन थापातर्फ संकेत गर्दै  प्रधानमन्त्री ओलीमाथि प्रश्न गर्ने शैलीलाई  ‘बालहठ’का रुपपा टिप्पणी गरेका छन्।  उनले भने, ‘बोकाले दाइँ गर्न सकिँदैन, गोरु नै खोजौं।’

उनि भन्दा अघि नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले बिना कुनै तयारी र लहडको भरमा विकास आयोजनाको शिलान्यास गरेर तमासा गरेको आरोप लगाएका थिए ।