ब्लाष्टखबर । नेकपा माओवादी केन्द्र परित्यागेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीकाे संसद पद खाेसिएकाे छ । 

प्रतिनिधिसभा सदस्य (संसद) पदबाट मुक्त भएका मन्त्रीहरूमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रहेका छन् । उनिहरूलाई माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार  संसद सचिवालयलाई कारबाही गरेको जानकारी दिएका थिए । 

साेहि अनुरूप प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका छन्।

संसद पद नरहे पनि मन्त्री हुन सक्ने भएपनि त्यसकालागी  पुनर्नियुक्ति हुनुपर्ने संविधानविद् टीकाराम भट्टराईले बताएका छन् ।