ब्लाष्टखबर । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का कारण पछिल्लाे राजनीतिक अवस्था आएकाे बताएका छन् । उनले प्रचण्डले खुट्टा टेक्न नसकेका कारण ओलीले लात हानेर ठिक भएकाे बताएका छन्।
निजामती कर्मचारी युनियन संघकाे कार्यक्रममा बाेल्दै देउवाले आफू सत्ताकाे खेलामा नरहेकाे बताउँदै आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने नरहेको बताएका छन् ।
उनले भने ‘मैले आज नि बैठक बोलाको छु । नयाँ सरकार बन्यो भने ठीकै छ त । बनेन भनेपनि चुनाव नै उपयुक्त विकल्प हो । चुनावमा जानुपर्ने बाध्यता हुनसक्छ । त्यसका लागि तयार हुनुपर्छ ।’