बिहीबार नेपालमा कोरोना भाइरसका ४,९२८ जना संक्रमित थपिएका छन् । १३,५६० एन्टिजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । गएको कात्तिक १९ गते एकै दिन ३० जनाको मृत्यु भएको थियो । कूल मृतक संख्या ३,२४६ पुगेको छ ।

सक्रिय संक्रमित संख्या ३४,११७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् । नेपालमा कूल संक्रमित संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।