इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा एकै परिवारका ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित मध्ये आमाको मृत्यु भएको छ  ।  

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेकी इनरुवा नगरपालिका– ३ कि महिलाको मृत्यु भएको छ  ।

प्रशासनका अनुसार संक्रमित महिला होम आइसोलेसनमा उपचाररत थिइन् । 

कोरोना संक्रमण पश्चात आमाको मृत्यु हुँदा संक्रमण पुष्टि भएका छोरा समेतको स्वास्थ्यमा समस्या देखिए पछि उनलाई अस्पताल भर्ना गरिएको छ । 

कोरोना पोजेटिभ देखिएका छोरालाई स्वास्थ्यमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा भर्ना गरिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

परिवारका अन्य सदस्यहरु भने होम आइसोलेसनमा उपचारत रहेको स्वास्थ्यले जनाएको छ ।