इनरुवा । तीन दिनको अवधिमा सुनसरीको इनरुवामा कोरोना संक्रमित आमा छोराकै मृत्यु भएको छ । 

८४ वर्षिया आमाको मृत्यु भएको तीन दिनमा अन्दाजी ६४ वर्षिय छोरा समेतले संक्रमणका कारण ज्यान गुमाएका छन् । 

इनरुवा ३ घर भएकी ८४ वर्षिया वृद्धा (आमा) को होम आइसोलेसनमै बसेको अवस्थामा केहि दिनअघि मृत्यु भएको थियो । कोरोना पोजेटिभ पाइएका छोरोलाई भने स्वास्थ्यमा समस्या देखिएपछि बिराटनगर लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको बताइएको छ ।  

उक्त परिवारमा एकसाथ ९ जनामा संक्रमण देखिएको थियो । संक्रमित पाइएका परिवारका ७ जना अझै होम आइसोलेसनमा छन् । उनीहरु मध्ये केहिको अवस्था अझै जटिल रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

यसैबिच सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले केहि दिनको अन्तरालमा एकै परिवारका संक्रमित २ जनाको मृत्यु भएको र अन्य समेत होम आइसोलेसनमा रहेको हुँदा उक्त क्षेत्र सिल गर्ने विषयमा छलफल थालिएको बताएका छन् । उनले सो विषयमा छलफल गरी आवश्यक्ता अनुसारको निर्णय लिइने जानकारी दिए । 

इनरुवामा पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमित ३ जनाले ज्यान गुमाएका छन् । इनरुवाका संक्रमित तथा मृतकको कन्ट्याक्ट ट्रेसिङ खुल्न भने अझै सकेको छैन् ।