ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा ९ दिनको अवधिमा ३ जना कोरोना संक्रमितको मृत्यू भएको छ ।
शनिबार दिउँसो फुङलिङ नगरपालिका वडा नं ४ क्याम्पस लाईनका तिलहाङ् केदेम लिम्बूको निधन भएसँगै मृतकको संख्या ३ पुगको हो ।
लिम्बूको उपचारको क्रममा धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
लिम्बुलाई स्वास्थ्यमा समस्या आएपछि गत बैशाख १३ गते उपचारका लागि घोपा लगिएको थियो । यता शुक्रबार नै सोहि टोलीकी भक्त कुमारी लिम्बूको पनि निधन भएको थियो ।

मुटुको समस्याका कारण केहि दिन अघिदेखि विर्तासिटीमा उपचारत लिम्बूलाई बिहिबार संक्रमण पुष्टि भएको थियो ।
संक्रमण देखिए पछि परिवारले होम क्वारेन्टाईनमा राख्ने भन्दै शुक्रबार घर ल्याएका थिए । उनको शुक्रबार नै तोक्मेडाँडा स्थित नर्सरीडाँडामा दाहसंस्कार गरिएको छ ।
संक्रमितको निधनपछि शव व्यवस्थापन नेपाली सेनाको सहजिकरणमा गर्ने गरिएपनि लिम्बूको शवाकाे दाहसंस्कार परिवारले नै गर्नेगरी जिम्मा शव जिम्मा लिएका थिए।
भक्तकुमारीको शवलाई परिवारका दुईजना र स्थानिय जनप्रतिनिधीले व्यवस्थापन गरेका थिए ।
शव व्यवस्थापन गर्ने जनशक्तिको नै अभाव भएपछि आफू नै संलग्न भएको व्यवस्थापन गरेको फुङ्लिङ नगरपालिका वडा नं ५ का वडासदस्य सुरेश सिङ्घकले बताए । “घरमा पुग्दा लास उठाउने कोही रहेनछन् ।
मेरो मन मानेन, म आफू नै सहभागी भएर शवको व्यवस्थापन गर्यौँ ।” सिंघकले भने “यस्तै हो भने थोरै संख्या भएको परिवारमा त लास उठाउने पनि कोहि नहुने रहेछ ।” अन्त्येष्टी गर्नको लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले ४ थान पीपीई दिएको थियो ।
यसअघि गत बैशाख ९ गते नेपाली कांग्रेश फुङ्लिङ नगर सभापति शिवकुमार गुरूङको पनि झापाको विएण्डसी अस्पतालमा निधन भएको थियो । यसैविच ताप्लेजुङमा शनिबार (आज) थप २० जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।
जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङका स्थानियको स्वाब संकलन गरिएको हो । यस्तै आईतबार विहान ८ बजे क्याम्पस लाईनका स्थानियको स्बाव संकलन गर्ने कार्यक्रम रहेको खरेलले जानकारी दिए । हाल जिल्लामा २० जना संक्रिय संक्रमित रहेका छन् ।