बुधबार संखुवासभामा ३४ जना कोरोना संक्रमित थपिएका छन् । दोस्रो भेरियन्टको कोरोना भाईरस संक्रमितको संख्या जिल्लामा १ सय ६६ पुगेको छ ।
हालसम्म जिल्लामा ४ सय ७९ जनाको पिसिआर र १ सय ८८ जनाको एन्टिजीन परिक्षण गरिएको छ । पिसिआर गर्दा १ सय जना र एन्टिजीनमा ६६ जना संक्रमण भेटिएको हो । एक जना जिल्ला बाहिर कोरोना पोजेटिभ पुष्टि भएको हो । जिल्लामा रहेको संस्थागत आइसोलेशनमा ५६ जना, ७७ जना होम आइसोलेशनमा र १४ जना जिल्लाबाहिर उपचारका लागि पठाइएको गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने कोरोना संक्रमणका कारण संखुवासभामा दोस्रो लहरताका मृत्यु भएको छैन ।
हालसम्म जिल्लाको ४ वटा अस्पतालमा तयारी अवस्थामा रहेको ९५ वटा बेड र २ वटा भेन्टिलेटरमार्फत् बिरामीको उपचार भइरहेको वताइएको छ ।