वराहक्षेत्रमा कोरोना संक्रमणबाट मत्यु हुनेको संख्या ४ पुगेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेमा ३ महिला र एक पुरुष छन् ।
वडा नं ७ की ८५ वर्षकी दिलमाया तामाङ, ५ नम्बर की ८२ वर्षीया भुण्टीदेवी महतो र वडा ११ की ४५ वर्षीया अमोलदेवी मुखिया रहेका छन् ।
अर्का पुरुष भने वडा नं. १० का ७२ वर्षका उपेन्द्र बस्नेत रहेका छन् । भुण्टीदेवीको धरान र अमोलदेवीको विराटनगरको अस्पतालमा मृत्यु भएको हो ।

दिलमायाको आफ्नै घरमा मृत्यु भएको थियो भने बस्नेतको नपाको आइसोलेसन सेन्टरमा ज्यान गएको आइसोलेसन सेन्टरका इञ्चार्ज अहेव प्रमोद यादवले जानकारी दिए ।
यता नगरपालिकामा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । नपाको आइसोलेसनमा अहिले सम्म ७ जना भर्ना भएको अहेब यादवले जानकारी दिए ।